काठमाडौं । बेलायतलाई उछिन्दै भारत विश्वको ५औं ठूलो अर्थतन्त्र भएको देश बनेको छ । कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीको आधारमा भारतले बेलायतलाई उछिनेको हो । ब्लूमबर्गले जारी गरेको पछिल्लो तथ्यांकअनुसार बेलायतलाई उछिन्दै भारत पाँचौँ स्थानमा उक्लिन सफल भएको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्यांकलाई आधार मानेर ब्लूमबर्गले सार्वजनिक गरेको विवरणअनुसार भारतको अर्थव्यवस्था आठ खर्ब ५४ अर्ब ७० करोड डलरको र बेलायतको अर्थव्यवस्था आठ खर्ब १६ अर्ब डलरको रहेको बीबीसी हिन्दीले जनाएको छ ।
जीडीपीको आधारमा अमेरिका पहिलो, चीन दोस्रो, जापान तेस्रो र जर्मनी तेस्रो आर्थिक शक्ति हुन् । कोरोना महामारी तथा रुस–युक्रेन युद्धको असरले युरोपेली देशको अर्थव्यवस्थालाई नकरात्मक असर गरेको छ ।
जीडीपीमा भारत बलियो देखिए पनि प्रतिव्यक्ति आयमा भने बेलायतभन्दा धेरै पछाडि रहेको छ । बेलायती नागरिकको प्रतिव्यक्ति आय ४७ हजार डलरभन्दा धेरै छ भने भारतमा भने प्रतिव्यक्ति आय दुई हजार डलरमात्र छ ।
Comments are closed.