काठमाडौं । ‘एक्सेल एण्ड इलेभेट’ भन्ने नारासहित पोखरामा गरेको नेसलन लाइफ इन्स्योरेन्सको ३ दिने ‘कर्मचारी सीप अभिवृद्धि कार्यशाला’ सम्पन्न भएको छ ।
सम्मेलनमा विभागीय प्रमुखसहित देशैभरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले उक्त कार्यशाला आयोजना गरिएको इन्स्योरेन्सले जानकारी दिएको छ ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको वर्तमान स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट व्यावसायिक लक्ष्य प्राप्तिका लागि काम गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । खत्रीले आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरिने जानकारी गराएका छन् ।
कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशिल देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यसमा नियामक निकायबाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा जानकारी गराएका थिए ।
सम्मेलनमा सहभागी कर्मचारीहरुलाई चर्चित सञ्चारकर्मी एवं मिस नेपाल (२००५) सुगारिका केसीले व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएको कम्पनीले जानकारी दिएको छ । सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
Comments are closed.