काठमाडौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ-बीमा र अजोड इन्स्योेरेन्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा इ-बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले अजोड इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउँछ भन्ने कुरामा जोड दिए ।
अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सम्झौतामा हस्ताक्षर गर्दै भने, ‘हामी सर्वसाधारणलाई बीमा सेवामा पहुँच गर्न सजिलो माध्यमहरू सिर्जना गर्नमा विश्वास गर्छौं र इ-बीमा सक्षम र आशाजनक डिजिटल प्लेटफर्म जस्तो देखिन्छ । हामी यस आबद्घसँग खुसी र आशावादी छौ ।’
सम्झौताअनुसार इ-बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ । सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरि सर्वसाधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँच योग्य बनाउने छ । इ-बीमाले नेपालमा भएका सबै बीमासम्बन्धी सेवाहरूको लागि एक- स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ । इ-बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ ।
इ-बीमाको सेवा गैर–जीवन बीमा योजनाहरू र उत्पादनहरूमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघु बीमा, विद्यार्थी सुरक्षा योजनाहरू र अन्य क्षेत्रहरूमा आफ्ना ग्राहकहरूलाई सबैभन्दा उदारीकृत खरिद विकल्पहरू प्रदान गर्न सक्रियरूपमा संलग्न छ ।
इ-बीमाले विश्वव्यापी परिवर्तनको गतिमा बजारको विकास गर्न अन्य सरोकारवालाहरूका लागि बलियो बीमा-टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको छ । अजोड इन्स्योरेन्स अग्रणी वाणिज्य बैंक, बैंकरहरू र विभिन्न क्षेत्रहरूबाट सफल क्यारियर इतिहास भएका उच्च उत्साही पेशेवरहरूद्वारा स्थापित र समर्थित इन्स्योरेन्स हो ।
Comments are closed.