लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा नेपालमै पहिलो भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो ।

स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्यांकन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्यांकनमा अस्पतालले ८० प्रतिशत अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष ७४ प्रतिशत अंक प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अंक प्राप्त गरेको छ ।

वर्षमा दुईपटक अनुगमन मूल्यांकन हुने गरेकामा यसअघि भने कर्णालीको सुर्खेत अस्पताल पहिलो भएको थियो । अनुगमन टोलीमा कर्णाली प्रदेश निर्देशनालयका फोकल पर्सन, डोटी अस्पताल, काठमाडौं र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको टोली सहभागी थियो ।

लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्यूठान, स्याङ्जा, रुकुम, रोल्पालगायत जिल्लाबाट उपचारका लागि बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

अस्पतालको तथ्यांकनुसार पछिल्लो एक वर्षको अवधिमा तीन लाख चार हजार सात २५ जनाले उपचार गराएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा अस्पतालको बहिरङ्ग रोग विभाग र आकस्मिकबाट सेवाग्राहीले सेवा लिएका हुन् ।

You might also like

Comments are closed.