नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस दिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई बोनस वितरण गर्ने नेशनल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको हो। सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयर धनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई आव २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको १५ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

You might also like

Comments are closed.