श्रीलंकाले सन् २०२३ देखि कृषिमा आधुनिकीकरण शुरु गर्ने

काठमाडौं । श्रीलंकाका राष्ट्रपति रानिल विक्रमासिङ्घेले श्रीलंकाले सन् २०२३ देखि कृषिको आधुनिकीकरण शुरु गर्ने बताएका छन् । विक्रमासिङघेले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न बहुक्षेत्र संयुक्त समितिको बैठकमा बुधबार उक्त कुरा बताएका हुन् ।

कृषिको आधुनिकीकरणमार्फत उत्पादन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी कृषिले विदेशी मुद्रा आर्जन गर्न सक्ने उनको भनाइ थियो ।

उनले भने, “सन् २०२३ को अन्त्यसम्ममा हामीले आधुनिकीकरण कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउनुपर्छ । हामीले कृषिबाट विदेशी मुद्रा आर्जन गर्नुपर्छ ।” “सन् २०५० सम्ममा हाम्रो जनसङ्ख्या दुई करोड ५० लाख पुग्नेछ। हामीले कृषिलाई आधुनिकीकरण गर्न सकेनौं भने खाद्य समस्या पेचिलो बन्नसक्छ।”

विक्रमासिङ्घेले श्रीलंकामा मात्र नभई विश्वव्यापी रूपमा बढ्दो जनसङ्ख्याले धेरै अवसरहरू प्रस्तुत गरेको बताएका छन् ।

You might also like

Comments are closed.