काठमाडौं । स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडाैंले २७ जना करार कर्मचारीको माग गरेको छ ।बोर्डले आज एक सुचना जारी गर्दै विभिन्न तहका करार सेवामा २७ जना कर्मचारीहरु माग गरेको हो ।
बोर्डले सूचनामा जारी गरेको विभिन्न तह तथा श्रेणी अन्तर्गत हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, आइटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक माग गरेको छ ।
इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको ७ दिनभित्र शैक्षिक योग्यता तथा अनुभवका प्रमाण पत्र सहित आवेदन दिनु पर्नेछ ।
Comments are closed.