अल्फा केयरले गर्‍यो डेंगी सम्बन्धी सचेतना कार्यक्रम

काठमाडौं । अल्फा केयरले डेंगी सम्बन्धी सचेतना तथा निःशुल्क स्वास्थ्य परामर्श कार्यक्रम गरेको छ ।

अल्फा केयरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत युनाइटेड एकेडेमीका करिब ४ सय जना विद्यार्थीहरुलाई सचेतना गराइएको हो ।

कार्यक्रममा अल्फा केयरका बालरोग विशेषज्ञ डा. प्रज्वल भुर्तेल र म्यानेजर श्रेयसधोज जोशीले विद्यार्थीहरुलाई डेंगी रोग तथा यसबाट बच्ने उपायबारे जानकारी गराएका थिए ।

कार्यक्रममा भाइटल चेकअप (शरिरको तापक्रम, श्वासप्रश्वासको दर, व्लड प्रेसर, मुटुको चाल) परीक्षण र फ्रि ओपीडी सेवा पनि दिइएको थियो ।

You might also like

Comments are closed.