आर्थिक आवाज
पोखरा, १५ माघ । पृथ्वी होटल व्यवसायी समितिले आफ्नो नवौं बार्षिकोत्सव केक काटेर मनाएको छ । वार्षिकोत्सवको अवसरमा समितिले पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको मानव सेवा आश्रममा कुर्सी सहयोग पनि गरेको छ । समितिले १५ हजार मुल्य बराबरको २१ वटा प्लास्टिक कुर्सी र खाद्य सामग्री सो आश्रमलाई प्रदान गरिएको थियो ।
संघका अध्यक्ष हरिप्रसाद पाण्डेले व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वका कार्यमा समेत पृथ्वी होटल व्यवसायी समितिले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । उहाँले सडक वेवारिसे अवस्थामा रहेका नागरिकलाई मानव सेवा आश्रममा आश्रय दिएकोमा संस्थाप्रति आभार प्रकट गर्नुभयो ।
समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले सडकमा वेवारिसे, सुस्त मनस्थिति, मानसिक समस्या भएका नागरिकलाई आश्रय दिने मानव सेवा आश्रममा सहयोग गरिएको उल्लेख गर्नुभयो । सडकमा रहेका असहाय नागरिककलाई आश्रय प्रदान गर्नेजस्तो चुनौतिपूर्ण कार्यलाई आश्रमले सञ्चालन गरेकाले सबैको साथ सहयोग आवश्यक हुने उहाँको भनाई थियो ।
कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष बालकृष्ण निउरे, महासचिव महेश ज्ञवाली लगायतले समितिका तर्फबाट असहाय एवं विपन्न अवस्थाका नागकिरलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । मानव सेवा आश्रमले सडकमा बेवारिसे अवस्थामा रहन पुगेका नागरिकलाई आश्रय प्रदान गर्दै आएको छ । आश्रममा हाल स्वयंसेवक समेत गरी ८० भन्दा बढीले आश्रय लिइरहेका छन् ।
Comments are closed.