काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फ्रेन्सकोे पाँचौं संस्करण सम्पन्न भएको छ । कार्यक्रम असोज ३, ४ र ५ गते सौरहाको होटल चितवन प्याराडाइजमा सम्पन्न भएको हो ।
कम्पनीलाई हरेक ढंगबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मेहेनतका साथ खटिएका सम्पुर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक वर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक वर्षको रणनीतिबारे छलफल गरिएको छ । साथै आर्थिक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाई विभिन्न ३१ विधामा सम्मान गरिएको छ ।
यससँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्देश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरुबीच छलफल भएको छ ।
साथै प्रशासन सम्बन्धी सबै कार्यहरु अझै छिटो र छरितो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । कम्पनीले आगामी दिनहरुमा अन्य थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ ।
प्रचलित कानुन, नीति नियम एवम् नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको जनाएको छ ।
Comments are closed.