माछापुच्छ्रे बैंकले ल्यायो नेपाल पे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर

काठमाडौं । माछापुच्छे बैंकले एनसीएचएलसंगको सहकार्यमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्युआरबाट कारोबार गर्दा क्यास ब्याक अफर ल्याएको छ ।

चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर संचालनमा ल्याएको बैंकले जनाएको छ । यो अफर असोज ८ गतेदेखि १४ गतेसम्म लागू हुनेछ । जसअन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एकपटकमा १० प्रतिशत वा अधिकतम १ सयसम्म क्यासब्याक पाउन सक्नेछन् ।

साथै बैंक संगसंगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशतसम्मको छुट संचालनमा ल्याएको छ ।

स्थापना कालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«्रे बैंकले हालै मात्र नेपाली बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु मोबाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाईनमार्फत खाता खोल्ने (मुद्धती खाता खोल्न) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

You might also like

Comments are closed.