काठमाडौं । बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँटफाँटमा छलफल गर्न बालुवाटारमा अहिले बैठक बसिरहेको छ।
तर उक्त बैठकमा जनता समाजवादी पार्टी भने अनुपस्थित भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी भएका छैनन्।
बिहीबार बसेको गठवन्धनको बैठकमा यादवले प्रतिनिधि सभामा २५ सिट माग गरेका थिए ।गठबन्धनबाट कम सिट पाइने भएपछि जसपाले एमालेसँग चुनावी तालमेल गर्न गर्ने तयारीमा लागेको हो ।
आफ्नो माग अनुसार सिट दिन गठबन्धन तयार नभएपछि बिहीबारको बैठक छाडेर अध्यक्ष यादव एमाले नेता रघुवीर महासेठलाई भेट्न पुगेका थिए।अहिले जसपाले एमालेसँग सहकार्यको पक्रिया अगाडि बढाइरहेको छ ।
Comments are closed.