काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको लैनचौर स्थित ब्यांक्वेटमा सम्पन्न भएको हो ।
सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । जीबन बीमा कम्पनीको चुक्ता पुँजी रु. ५ अर्व पुर्याउनुपर्ने प्रावधान बमोजिम पुँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत बराबरको सेयर पुँजी थप गर्ने, सेयर पुँजी थप भए पश्चात् सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्नेलगायत कम्पनीको प्रवन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकताअनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ ।
सभामा बोल्दै सभाका सभापति डा. अर्यालले बीमितको आवश्यकताअनुसारको विविध बीमा योजनाहरुको उपलब्धता, प्रतिस्पर्धात्मक बजार एवं नियमाकीय प्रयासहरुका कारण तथा वित्तीय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयासलगायत विभिन्न बैंक, वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु एवं अन्य संघ संस्थाहरुको प्रयासका कारण बीमा बजारको भविष्य अझ राम्रो र सुनिश्चित हुँदै गएको बताए ।
साथै कम्पनीले सर्वसाधारणमा बीमाको पहुँच बढाउने लक्ष्य लिएर दुर्गम स्थानमा समेत सर्वसाधारणहरुलाई सुविधा पुर्याउने क्रममा सातै प्रदेशमा शाखा संजाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखाहरुमार्फत सेवा उपलब्ध गरिरहेको बताए ।
Comments are closed.