जनताको उत्साहजनक साथ र समर्थनले हौसला मिलेको छ : कँडेल

पोखरा । मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कास्की २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले आफूलाई जनताको उत्साहजनक साथ र समर्थन प्राप्त भएको बताएका छन् ।

चुनावी प्रचारप्रसार अभियानका क्रममा पोखरा ११ र २० मा पुगेका कँडेलले जनताको उत्साहजनक साथ र समर्थनले आफूलाई हौसला मिलेको बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रतिवद्धता जनताले मन पराउनुभएको छ । हामीप्रति जनताको विश्वास बढिरहेको छ,’ उनले भने ।

jutta mela

यसैक्रममा पोखरा वडा नं. ११ र २० मा चुनाव प्रचारप्रसार समिति गठन भएको छ । वडा नं. ११ मा नवराज लामिछाने र वडा नं. २० मा पवन सुवेदीको संयोजकत्वमा समिति गठन भएको हो । शिक्षण पेसामा लामो समयदेखि सक्रिय कँडेल रजिष्टर लेखा परीक्षकसमेत हुन् ।

‘पुराना राजनीतिक दलप्रति जनताहरुको वितृष्णा बढ्दो रहेको र जनताका आवश्यकता र अपेक्षाहरु जस्ताका तस्तै रहेकाले आफ्नो पार्टीलाई जनताले मतदान गर्ने उनको विश्वास छ ।

You might also like

Comments are closed.