पुतली सडक पद्मोदय मोडमा जुत्ता एक्स्चेन्ज मेला जारी, ग्राहकको आकर्षण बढ्दो

काठमाडौं । काठमाडौंको पुतली सडकस्थित पद्मोदय मोडमा रहेका जुत्ता शोरुममा ‘दसैं तिहार अफर तथा एक्स्चेन्ज अफर’ मेला जारी छ। नेपालीहरुको महान चाड दसैंसँगै सुरु भएको एक्स्चेन्जसहितको मेलामा ग्राहकहरुको आकर्षण बढ्दो रहेको सञ्चालक प्रमोद महतोले जानकारी दिए ।

चाडपर्वको अवसरमा आयोजना गरिएको मेलामा पुरानो जस्तोसुकै जुत्तालाई ५ सय रुपैयाँ मूल्यांकन गरिने बताउँदै सञ्चालक महतोले हरेक जुत्ता चप्पल खरिदमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए । ‘फुरानो जुत्ता फोहरमा फाल्नुको सट्टा एक्स्चेन्ज गर्दा धेरै ग्राहक लाभान्वित हुने गरेको हामीले पाएका छौं,’ उनले भने ।

सिंह दरबारतर्फबाट पद्मोदय मोडबाट फनपार्क जाने बाटोतर्फ रहेका केटिएम सुज, सम्राट सुज, स्मार्ट सुज र भेनस सुजको शोरुमले दसैं, तिहार तथा छठसम्म लागु हुनेगरी एक्स्चेन्जसहितको मेलाको आयोजना गरेका हुन् ।

कम्पनीले एक्स्चेन्ज अफरको आठौं संस्करणको मेला आयोजना गरेको हो । यस अघिका मेलाहरुमा ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यसपटक पनि मेलाको आयोजना गरिएको महतोले जानकारी दिए । ‘यस वर्ष पनि मेलामा ग्राहकको उत्साहजनक उपस्थिति रहेको छ,’ उनले भने ।

दसैं तिहारलाई लक्षित गरी शोरुममा चार वटा ब्राण्डका ५ सयभन्दा बढी नयाँ डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध रहेको स्मार्ट सुजका सञ्चालक जीवन श्रेष्ठले जानकारी दिए । ‘२ हजार भन्दा बढी मोडेलका जुत्ता चप्पल उपलब्ध छन्,’ उनले भने ।

मेलामा पार्टी, अफिस, कलेज, स्पोर्टस, क्याजुअल, लोफर, क्व्याटर, फुल लगायतका जुत्ताहरु शोरुममा उपलब्ध छन् । ‘आधुनिक डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन्,’ उनले भने, ‘एक्स्चेन्ज अफर तथा विशेष छुटसहितको मेलाबाट धेरै ग्राहक लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।’

You might also like

Comments are closed.