नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (IOS) का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सको प्रधान कार्यालय कमलादी, काठमाडौंमा आयोजित विषेश समारोहका बीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी एपलाई सार्वजनिक गरेका थिए । परिस्कृत र नयाँ सुविधाहरूसहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेसनमार्फत लाभ लिन सक्नेछन् ।

सर्वप्रथम एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफुलाई रजिस्टर गरि लग इन गर्न सकिनेछ । आफू अभिकर्ता वा बीमित छनौट गरि आफ्नो प्रोफाइल एड गर्न सकिनेछ । एप्लिकेसनमा एकै जनाको एकभन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिनेछ ।

आफ्नो बीमालेख प्रोफाइलमा एड गरे पश्चात आफ्नो बीमासँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाँउमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने  इन्स्योरेन्सले जनाएको छ । साथै एपमा अन्य सुविधाहरुको रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारीमुलक तथा मनोरन्जनात्मक श्रव्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिनेछ ।

हाल इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तर वृद्धि गर्दै ग्राहकलाई जीवन बीमासम्बन्धी सम्पूर्ण सुविधाहरु चुस्तदुरुस्त तरिकाले एकद्वार नीतिको अबलम्बन गर्दै सेवा प्रवाह गर्ने प्रतिवद्धता नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भू-मण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रम संगसँगै नेपाल लाइफका विभिन्न सेवा तथा सुविधाहरुलाई ग्राहक तथा अभिकर्ता समक्ष सहज, सुरक्षित एवं प्रभावकारीरुपमा उपलब्ध गराई कम्पनीको डिजिटल रुपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने इन्स्योरेन्सका प्रमुख सूचना प्रविधि अधिकृत शरदचन्द्र प्याकुरेलले बनाए ।

यस एपलाई ग्राहक तथा अभिकर्ताहरुको आवश्यकता अनुरुप क्रमश थप परिस्कृत तथा विकसित गर्दै लैजाने विषयमा नेपाललाइफ प्रतिबद्ध रहेको छ ।

You might also like

Comments are closed.