रेडमीको पहिलो प्याड नेपालमा उपलब्ध

काठमाडौं । नेपालको अग्रणि स्मार्टफोन कम्पनी साओमीले नेपाली बजारमा रेडमी प्याड लन्च गरेको छ । यो साओमीकोरेडमी सबब्रान्ड अन्तर्गत को पहिलो ट्याब्लेट हो । यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएको छ ।

लन्चमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “रेडमी सब–ब्रान्ड अन्तर्गत रेडमी प्याड लन्च गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ । सुपथ मुल्यमा आधुनिक ट्याब्लेटको अनुभव लिन चाहने मानिसहरुलाई ध्यानमा राखेर हामीले यो ट्याब्लेट ल्याएका हौँ । १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथ भ्युइब एक्पिरिएन्स लिन सकिन्छ । ८००० एम्एएच्को शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, पढ्न्अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ । 2K रेजोल्युसनमा बनाइएको यो प्याड फ्ल्यागशिप लेभल स्लिक र स्टाइलिश छ । साथै यसको स्टोरेज पनि १ टिबि सम्म बढाउन मिल्छ ।”

अद्वित्तिय अडियो भिजुअल अनुभव १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथ भ्युइब एक्पिरिएन्स लिन सकिन्छ । भिजुअल ल्याटेन्सी कम भएकोले यसमा ब्राउजिब, स्क्रोलिब र गेमिबको कामहरु अत्यन्तै छरितो रुपमा हुन्छ । टियुभि रेन्ल्यान्डको लो लाइट सर्टिफिकेसन प्राप्त भएकोलेयस ट्याब्लेटमा धेरै समय स्क्रिनमा हेर्दा पनि आँखा पोल्ने, दुख्ने समस्या हुँदैन । साथै यो एसजिएस लो भिजुअल फटिग सर्टिफिकेसन प्राप्त गर्ने विश्वकै पहिलो ट्याब्लेट हो । त्यस्तै, डल्बी एट्मसको क्वाड कोर स्पिकरले गर्दा यस डिभाइसको अडियो पनि उच्च स्तरको छ । ग्रुप कल गर्न होस्या जमघटको रमाइलोमा मनोरन्जन लिन होस्, इयर्फोनमा सुन्दा होस्अथवा स्टेरियो स्पिकरमा सुन्दा होस्, यसकोअडियो उच्च स्तर गुणस्तरको छ ।
त्यस्तै, यसको ८ एमपिको अल्ट्रा वाइड फ्रन्ट क्यामरा ग्रुप भिडियो कलको लागि अत्यन्तै उपयुक्त छ । यस्तै यसमा भएको फोकस फ्रेम टेक्नोलोजीले क्यामरा अगाडि धेरै मान्छेहरु देखिनासाथ आफैँ वाइडर भ्युमा स्विच हुन्छ जसले गर्दा सबै जना भिडियो फ्रेमको बिचमा रहन सजिलो हुन्छ ।

पावरफुल प्रोसेसर र स्मुथ पर्फर्मेन्स मेडिया टेक हेलियो जि ९९ प्रोसेसरले यो ट्याब्लेटलाई भर्सटाइल बनाउनुको साथै प्रयोगकर्ताहरुलाई स्मुथ एक्स्पिरियन्स प्रदान गर्छ । ६ एन्एम्को प्रभावकारी प्रोसेसरले एपहरु चलाउन र अन्य कामहरु गर्न अत्यन्तै सरल र छरितो बनाएको छ ।उत्कृष्ट पर्फर्मेन्स र उच्च ब्याट्रि ब्याकअपले गर्दा यो ट्याब्लेट चलाउने प्रयोगकर्ताहरुले हाइ एन्ड ट्याब्लेट चलाएको अनुभव लिन सक्नेछन् । ८००० एम्एएच्को शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, बढ्न  अथवा  मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ ।

दिनभरी टिक्ने शक्तिशाली ब्याट्रि १८ वाटको फास्ट चार्जिब र २२.५ वाटको इनबक्स चार्जरले गर्दा लगातार गेम खेल्न मुभी हेर्न र लामो फोटो शूटको लागि पनि सजिलो बनाएको छ । स्लिक र स्टाइलिशतुलनात्मक रुपमा कम मुल्यमा नैउपलब्ध भए पनि उच्च गुणस्तरीय मेटल युनिबडी डिजाइनले यसलाई अझै उत्कृष्ट बनाएको छ ।

प्रिमियम बिल्ड क्वालिटीले यो ट्याब्लेटको इन ह्यान्ड फिल अत्यन्तै सजिलो हुनुको साथै आधुनिक तरिकाले बनाइएको हाइ एन्ड ट्याब्लेटको जस्तै अनुभव लिन सकिन्छ ।यो ट्याब ग्राफाइट ग्रे, मुनलाइट सिल्भर र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छ । ६/१२८ जिबिको स्टोरज अप्सनमा उपलब्ध यो ट्याब्लेटको मुल्य ३४ हजार ९ सय ९९ सय रुपैयाँ रहेको छ । रेडमी ट्याब यही कार्तिक १६ गतेबाट नेपाली बजारमा उपलब्ध छन् ।

You might also like

Comments are closed.