आकारुई खोल्यो पोखरामा शाखा

आर्थिक आवाज
पोखरा । आकारुई एजुकेसन कन्सेल्टेन्सीले पोखरामा शाखा बिस्तार गरेको छ । चितवन मुख्य कार्यालय रहेको आकारुई एजुकेसन कन्सल्टेन्सीले पोखराको सिद्धार्थचोकमा आफ्नो शाखा कार्यालय बिस्तार गरेको हो ।

पोखरा शाखा कार्यालयको श्रीपञ्चमीको अवसरमा आइतबार समुद्घाटन गरिएको छ । कार्यालयको आकारुई एजुकेसन कन्सल्टेन्सी केन्द्रीय कार्यालयका प्रमुख प्रज्वल पौडेलले रिबन काटेर समुद्घाटन गरेका थिए ।

आकारुई एजुकेसन कन्सल्टेन्सीले विद्यार्थी भिसामा जापान जान चाहने विद्यार्थीलाई काउन्सिलिङ गर्नुका साथै उनीहरुको प्रोसेसिङ पनि गर्ने पोखरा शाखा प्रमुख दोलख थापाले जानकारी दिए । जापानमा अध्ययन सकेर फर्केका उत्कृष्ट प्रशिक्षकहरुले जापानीज भाषा अध्यापन गराउने भएकाले विद्यार्थीलाई फाइदा पुग्ने उनले बताए ।

You might also like

Comments are closed.