काठमाडाैं । यहाँ अहिले अर्थतन्त्रमा तरलता संकुचन हुँदा हामी एकले अर्कालाई दोषारोपण गरी रहेका छौं । एकपटक २०-२५ वर्ष पहिला जाऔं र स्वमुल्यांकन गरौं ।
पहिला १०० मेगावाट बिजुली उत्पादन गर्न विदेशी सहयोग चाहिन्थ्याे । उनीहरुको अनेकन सर्त मान्नु पर्ने स्थिति थियाे । निजी क्षेत्रले बिद्युत उत्पादन गर्ने कुरा कल्पना भन्दा बाहिर थियो । तर, आज निजी क्षेत्रले बैंकको सहयोगमा विदेशी ऋण बिनै १००० औं मेगावाट विजुली केही निर्माण सम्पन्न भइ सकेर भारत निकाशी गरी सकेका छन् भने केही निर्माणाधिन अवस्थामा छन् ।
यस्तै उदाहरण सिमेन्ट उद्योगमा लिन सकिन्छ । पहिला करिव ६०० टनको सिमेन्ट कारखाना सरकारले निर्माण गर्दा जापान सरकारकाे सहयोग आवश्यक परेको थियो तर, आज निजि क्षेत्रले एउटै सिमेन्ट उद्योग ६ हजार टनसम्मको निर्माण गरी संचालन गरी रहेका छन् । आज ४० औं हजार टन प्रतिदिन सिमेन्ट उत्पादन क्षमता निजि क्षेत्रले बैंकको ऋण सहयोगमा तयार गरेको छ।
यस्तै उदाहरण आन्तरिक हवाई क्षेत्रको पनि छ । आज fixed wing र rotary wing गरेर ५० औं जहाजबाट आन्तरिक हवाई यात्रा सहज हुन पुगेको छ । यस क्षेत्रमै पनि निजी क्षेत्रको लगानीका साथै वित्तीय क्षेत्रको ठुलो लगानी छ। पर्यटन क्षेत्रकै उदाहरणलाइ लिऔं । पहिला ५ तारे होटल औंलामा गन्न सकिने थिए । अहिले राजधानीमै केही वर्षभित्रै २०औं ५ तारे होटल निर्माण सम्पन्न भइ सकेका छन् र केही निर्माणाधिन अवस्थामा छन् । साथै हरेक शहरमा दर्जनौं तारे होटलहरु निर्माण भइ संचालन भइ सकेका छन् । जसमा निजी क्षेत्रको लगानीमा वित्तीय संस्थाकै ऋण लगानी छ ।
त्यस्तै, यातायात क्षेत्रको लगानी हेरौं, स्वास्थ्यको लगानी हेरौं, शिक्षा क्षेत्र हेरौं विगत वर्षहरुसगं तुलना गरौं । व्यापक लगानीका साथै सेवा विस्तार भइ रहेको छ । रेमिट्यान्स नभएको भए यसरी आन्तरिक स्रोत परिचालन असम्भव थियो । तर, रेमिट्यान्सको नकारात्मक असर कृषि क्षेत्रमा पर्यो । ग्रामिण कृषि जनशक्ति वैदेशिक रोजगारीमा जानुको प्रभाव स्वरुप हामी कृषिमा परनिर्भर हुँदै गयौं ।
सवारी साधन धेरै जसो नेपालीको पहुँचमा भयो । फलस्वरुप पेट्रोलियम पदार्थ आयातमै पनि खर्बौ रकम खर्च हुने भयो । हरेक वस्तुको आयात वृद्धिसंगै सरकारको राजश्व वृद्धि हुँदा सरकार यसैमा रमायो । हामीले निर्यात के गर्ने र व्यापार घाटा कसरी कम गर्ने भन्ने सोचमै गएनौं । तर, कोभिडसँगै रसिया युक्रेन युद्धले परिस्थिति बदलिएको छ।
उपभोक्ताको consumption pattern बदलिएको छ । हिजोको projection अनुसार तयार गरिएको व्यवसाय अहिले projection अनुसार संचालन हुन नसक्दा व्यवसायीहरु संकटमा छन् । तरलता संकट र व्याज दर वृद्धिले consumption घटाएको छ। नियमनकारी निकायले consumption घटाएर विदेशी मुद्राको संचिती वृद्धि गर्ने लक्ष्य पुरा गरेकोमा गर्भ गर्दैछ ।
तर, यसको मुल्य सधैं देशको अर्थतन्त्र चलायमान गर्ने उद्योगी व्यवसायीले चुकाई रहेका छन् । अब एकले अर्कालाई दोषारोपण गरेर हामी जोगिन सक्दैनौ । सबै stakeholder हरु मिलेर समाधानको उपाए निकाल्नुको विकल्प छैन । नियत सही राखेर काम गर्दागर्दै पनि गरेको विगतको गल्तिबाट पाठ सिकेर अर्थतन्त्र तलायमान गराउनुको साथै व्यवसायीको मनोबल बढाउनु आजको आवश्यकता हो ।
Comments are closed.