विश्वमा धेरै ट्राफिक जाम हुने २० सहर (सूचिसहित)

एजेन्सी । ट्रान्सपोर्टेसन डाटा फर्म इनरिक्स रिसर्चले वार्षिक रुपमा प्रकाशन गर्ने विश्वका धेरै साँघुरा सहरहरुको सूची हिजो प्रकाशित गरेको छ ।

साँघुरोपना अर्थात सहरमा हुने जामका कारण हुने ढिलाइलाई आधार मानी सो सूची प्रकाशित गरिएको हो । यस आधारमा मस्को दोस्रो वर्ष पनि धेरै साँघुरो सहरको सूचीमा पहिलो नम्बरमा परेको छ । त्यसैगरी टप २० सहर मध्ये धेरै सहर युरोपका परेका छन् ।

मस्कोका वासिन्दाले वार्षिक रुपमा यसरी जाममा २ सय १० घण्टा विताएका छन् । सबै सहरको सूची यस प्रकार छः

१, मस्को
२, इस्तानबुल टर्की
३, बोगोटा, कोलम्बिया
४, मेक्सिको सिटी, मेक्सिको
५, साओ पाउलो, ब्राजिल
६, लण्डन, बेलायत
७, रिओ दी जेनेरियो, ब्राजिल
८, बोस्टन, अमेरिका
९, सेन्ट पिटर्सबर्ग, अमेरिका
१०, रोम, इटाली
११, अंकारा, टर्की
१२, इजमिर, टर्की
१३, सिड्नी, अष्ट्रेलिया
१४, सिंगापुर, सिंगापुर
१५, बर्लिन, जर्मनी
१६, पेरिस, फ्रान्स
१७, मेलबर्न, अष्ट्रेलिया
१८, बेलो होरिजोन्ट, ब्राजिल
१९, वासिंगटन डीसी, अमेरिका
२०, टोरन्टो, क्यानाडा

You might also like

Comments are closed.