पोखरा । रेवान पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा आयोजना गरिएको २४ औं सडक महोत्सव बुधबारबाट सुरु भएको छ ।
१३ गते बुधबारबाट सुरु भएको उक्त महोत्सवमा विभिन्न जनजातिहरुको कला, संस्कृति, भेषभूषा र हस्तकलाका सामग्रीहरुको प्रदर्शन गरेका छन् ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका अङ्ग्रेजी नयाँ वर्ष २०२३ कोअवसरमा यही पुस १३ देखि १७ गतेसम्म उक्त महोत्सव जारी रहने छ । तस्बिरः अरुण बयाली, आर्थिक आवाज
Comments are closed.