चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ। ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको हो ।
कर्मचारीहरूलाई सेवाप्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाइम कार्ड’ को व्यवस्था गर्न लागिएको हो । उनका अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’लागू गर्ने तयारी गरिएको छ ।
अहिले कार्यालयमा भीड बढी हुने गरेको उनले बताए। राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३०, राहदानीमा प्रतिघण्टा २० र नागरिकता एवं प्रतिलिपि सेवाग्राहीको कागज पत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिन लागिएको हो।
सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा हेल्प डेस्क राखिनेछ। कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइनेछ। यसबाट कार्यालयमा अनावश्यक भीड नियन्त्रण हुने उनको भनाइ छ ।
Comments are closed.