पछिल्लो समयमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रहेको छ । शुक्रबार तोलामा ८ सयले घटेको सुनको मूल्य आइतबार भने बढेको छ । साताको पहिलो कारोबारको दिन आइतबार छापावाल सुन तोलामा १ हजार रुपैयाँले बढेको छ ।
तोलामा १ हजार रुपैयाँले बढेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । तोलामा १५ रुपैयाँले बढेसँगै चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
Comments are closed.