डाक्टर भगवान कोईरालासँग मुक्तिनाथ विकास बैंकको सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले  १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एंव डाक्टर भगवान कोईरालाको अध्यक्षतामा संचालित गैर नाफामुलक संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग एक औपचारिक कार्यक्रमबीच सम्झौता गरेको छ ।

बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोईरालाले हस्ताक्षर गरेको उक्त सम्झौता बमोजिम झापा जिल्ला दमक स्थित निर्माणाधिन बालअस्पताल निर्माणको लागि बैंकले ५ लाख सहयोग गर्नेछ ।

बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पुर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागि, कर्जा सेवाको लागि) जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.