काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पवनकुमार गोल्यान निर्विरोध चयन भएका छन् ।
आइतबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले एनएमबि बैंकका अध्यक्ष गोल्यानलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको हो।
परिसंघको नवगठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली, कोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै, परिसंघको सदस्यहरुमा उपेन्द्रप्रसाद पोडेल, लिला प्रकाश सिटौला, उपेन्द्र केशरी न्यौपाने, मोतिलाल दुगर, राधेश पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान चयन भएका छन् ।
Comments are closed.