काठमाडौं । पछिल्लो समयमा सुनचाँदीको मूल्य लगातार उकालो लागि रहेको छ । सोमबार छापावाल सुनको मूल्य यस बर्षकै उच्च बनेको छ । आइतबार एकै दिन तोलामा १ हजार रुपैयाँले बढेको छापावाल सुन सोमबार पनि पुनः तोलामा ६ सय रुपैयाँले बढको छ ।
तोलामा ६ सय रुपैयाँले बढेसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन तोलाको १ लाख २ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
Comments are closed.