निजी क्षेत्रलाई लगानीमैत्री नबनाएसम्म समृद्धि सम्भव छैन : गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलताको अभावमा व्यापारहरु सङ्कुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको बताएका छन् ।

सोमबार ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गोल्छाले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको बताए ।

सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने गोल्छाले दाबी गरे । वर्तमान अवस्थामा अर्थतन्त्र केही सुधारको अवस्था देखिएको बताउँदै गोल्छाले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको बताए ।

अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाएसम्म देशमा समृद्धि सम्भव नरहेको बताए ।

You might also like

Comments are closed.