नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड २०२३ समारोह सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड, २०२३ समारोह सम्पन्न गरेको छ । आइतबार काठमाडौंको हायत प्लेसमा अवार्ड समारोह सम्पन्न भएको हो ।

वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख, ९२ हजार, ३ सय प्रथम बीमा शुल्क संकलन गरी ‘एम.डी.आर.टी’ का लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मानित गरिएको छ । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली विशेष कारणबस देश बाहिर रहका छन् । उनले कार्यक्रममा भर्चुअल रुपमा उपस्थिति जनाएका थिए । आफ्नो भिडियो सन्देशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता रहेको र उनिहरुकै अथक मेहनत र परिश्रमका कारण नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको बताए ।

अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै सम्वेदनशील रहेको समेत पराजुलीले बताएका थिए । उपस्थित सम्पूर्णलाई स्वागत गर्दै नायब महाप्रबन्धक उमापति ले कम्पनीको आगामी रणनीति बारे प्रकाश पारेका थिए । साथै उनले सम्मानित हुने सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।

नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेकी पुर्णिमा श्रेष्ठ कार्यक्रममा विशेष अतिथि रहेकी थिइन् । कार्यक्रममा उनले आफ्नो जीवनको सफलता, असफलता, चुनौती र अवसरहरुबारे प्रकाश पारेकी थिइन् ।

त्यस्तै, कार्यक्रमको समापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले कार्यक्रममा सम्मानित हुने अभिकर्ताहरुलाई बधाई तथा शुभकामना दिएका थिए । उनले आगामी दिनमा समेत कम्पनी व्यवस्थापन अभिकर्ताहरुको सहजकर्ताको रूपमा प्रस्तुत हुने बताउँदै आगामी वर्ष अझ बढी संख्यामा अभिकर्ताहरुलाई सम्मानित गर्ने बताए ।

२०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रहेको छ । कम्पनीको सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले देशभरका करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरेको छ।

You might also like

Comments are closed.