काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ। हिजो लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज् बैंकका अध्यक्ष मोतिलाल दुगडले मर्जरको सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौतासँगै मर्जर प्रक्रिया अगाडि बढाउन संयुक्त मर्जर समितिको गठन गरिएको छ। समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक डा. मनीष थापा र स्वति रुङ्गटा तथा सनराइज् बैंकका सञ्चालक शारदा शर्मा र दिपक नेपाल रहेका छन्।
नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रूपमा मर्जर प्रक्रिया सुरु हुनेछ। मर्जर प्रक्रिया चालु आर्थिक वर्षभित्र सकाउने दुवै बैंकको तयारी छ।
Comments are closed.