ग्लोबल आइएमई लघुवित्तद्वारा कास्कीमा डस्टविन वितरण

कास्की । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.ले कास्कीमा डस्टविन वितरण गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच लघुविक्तले कास्कीको पोखरा महानगरपालिका वडा नंं २६ मा अवस्थित गुदेतालमा डस्टविन वितरण गरेको हो ।

ताल संरक्षण समितिका अध्यक्ष सुर्यनाथ भण्डारी, गुुदेताल वातावरण सहकारीका अध्यक्ष बामदेव ढुंगाना, गुदेताल वातावरण संरक्षण तथा मत्स्य सहकारी संस्थाका सचिव बद्रीनाथ ढुंगानालाई संयुक्तरुपमा लघुवित्तका वरिष्ठ प्रबन्धक तथा कर्जा विभाग प्रमुख पदमबहादुर घिमिरेले डस्टविन वितरण गरेका छन् ।

वितरण कार्यक्रममा वित्तीय संस्थाका अनुगमन विभाग प्रमुख यतीराज पौडेल, प्रदेश प्रमुख विनोद पराजुली र विजयपुर शाखाका शाखा प्रमुख सिता आर्चायलगायत स्थानिय उपभोक्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

 

You might also like

Comments are closed.