काठमाडौं । गोरखा महोत्सव आजदेखि सुरु भएको छ । महोत्सवको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन्।
महोत्सवको उद्घाटन गर्न प्रचण्ड आज गोरखा गएका थिए। पृथ्वी जयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो।
गोरखाको हरमटारीमा भएको महोत्सव उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे तथा कांग्रेस सांसद राजेन्द्र बजगाईंलगायत सहभागी छन् ।
Comments are closed.