काठमाडौं । आगामी माघ ६ देखि माघ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स् अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँने भएको छ ।
प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित हो । प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटीएसआईपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो ।
प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १ सय भन्दा बढी कम्पनीहरूको स्टल रहनेछन् ।
अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकलाई प्रवेश निःशुल्क गराइएको छ । विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइनेछ ।
Comments are closed.