पोखरा । आजदेखि पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका छन् ।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्ने बताए । मुलुक कोरोना कहरका कारण आर्थिक चलायमान हुन नसकिरहँदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुग्ने उनको भनाई रहेको थियो ।
युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममा समेत अग्रणी स्थानमा रहेको बताउदै मेला महोत्सवमा हुने ब्यापारिक स्टलहरुमा स्वदेशी उत्पादनलाई जोड दिन समेत आग्रह गरे । युवाहरुलाई स्वदेशमै रोक्नका लागी पनि स्वदेशी उत्पादनका सामाग्रीहरुको उत्पान आवश्यक रहेको उनको भनाइ रहेको थियो ।
त्यसैगरी मेला महोत्सवहरुले स्थानिय भाषा, संस्कृतिको उत्थान समेत गर्ने उनले बताए । गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ (श्याम)ले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर रहेको बताउदै युनाइटेडले लिएको उद्देश्य अनुसारको गतिविधीमा सहयोग र साथ दिने बताए । गण्डकी प्रदेशमा आर्थिक गतिविधी बढाउन र पर्यटकीय गतिविधी बढाउनका लागि पोखरा महोत्सवले उल्लेख्य भूमिका खेलेको उनको भनाइ रहेको थियो ।
त्यस्तै, गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले पोखरा महोत्सव महोत्सवको पनि महोत्सव भएकाले सम्पूर्णले सहयोग र साथ दिँदै सामाजिक सेवामा सहभागी हुन आग्रह गरे । महोत्सवकै आयोजना गरी सामाजिक कामसंगै पर्यटकीय गन्तब्य निर्माणका लागि समेत अगाडि बढ्नु आफैमा चुनौती रहेको बताउदै यसका लागि सम्पूर्ण पोखरेलीले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य प्रकाश वरालले उद्देश्य सबैले लिएपनि पुरागर्न गाह्रो हुने बताउँदै युनाइटेड क्लवले आफ्नो उद्देश्यप्रति कटिवद्ध रहेको एकमात्र क्लब रहेको बताए ।
पोखराको जिल्ला प्रशासन कार्यालय कास्कीमा धेरै संस्थाहरु दर्ता र नविकरणकैबीच हराइरहदा युनाइटेड क्लव एकमात्र गण्डकी प्रदेश सरकारलाई नै ध्यान केन्द्रीत बनाउने क्लब बनेको बताउँदै पोखरा ताल र हिमाल हेर्ने शहर मात्र नभइ सेती नदीको बारेमा कोही कसैले चासो नदिइरहदा क्लवले पहलकदमी गरेर सेती खोंचलाई शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा अगाडि वढिरहेकाले त्यसतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको समेत बताए ।
राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्वबहादुर गुरुङले युनाइटेड क्लवसंग आफुले स्थापना कालदेखि नै सहकार्य गर्दै आइरहेको र युनाईटेड क्लबले छोटो समयमै आफुलाई स्थापित बनाउन सफल भएको बताउदै आगामी दिनमा पनि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे ।
सम्पूर्ण वडाहरुको प्रतिनिधित्व गर्दै पोखरा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले महोत्सवमार्फत आर्थिक चलायामानसंगै कला संस्कृतिको जगेर्ना हुने बताए । युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम अगाडि बढाइरहदा आगामी दिनमा आफ्नो वडासंगै महानरबाट समेत सहयोगका लागि पहल गर्ने बताए ।
त्यस्तै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले महोत्सवलाई सभ्य र भब्य बनाउन शान्ति सुरक्षाको दृष्टीले कुनैपनि कसर बाँकी नराखी सुरक्षा निगरानीलाई चुस्तदुस्त बनाउने बताए ।
त्यस्तै अमरसिंह माविका प्रधानाध्यापक तेजस्वी वरालले युनाईटेड क्लवले अमरसिंहमा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडि बढाएको बताउँदै अमरसिंह माविको समेत सामाजिक काममा अप्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए । साथै उनले युनाइटेड क्लबको हरेक गतिविधिमा सहकार्य गरेर अगाडि बढ्ने बताए ।
त्यस्तै, संघ संस्थाको तर्फबाट कोलपाटन आमा समुहका अध्यक्ष सवित्री पौडेलले पोखरा महोत्सवले संघ संस्थाहरुलाई सहभागी बनाइ आफुहरुलाई पनि सामाजिक भावमा सहकार्य गराउन सफल भएको बताइन् । युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लवले एघारौं संस्करणसम्म आइपुग्दा पोखरामा खुल्ला पर्यटकीय चिडियाखाना निर्माणलाई प्रारम्भ गर्न सफल भएको बताए ।
त्यस्तै, उनले एघारौ महोत्सवदेखि पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई एक शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी गर्ने र आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुद्देश्यीय भवन निर्माण गरी जेहेन्दार विद्यार्थीहरुका लागि आवासिय ब्यवस्थासहितको शिक्षालय निर्माण गर्न तर्फ लाग्ने उनले बताए । शिक्षा, स्वास्थ्य खेलकुदका गतिविधिलाई भने निरन्तरता दिने उनको भनाइ रहेको थियो ।
त्यस्तै, युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने, महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । त्यसैगरी महोत्सव पूर्व पोखरा रंगशालादेखि महोत्सव स्थलसम्म झांकी तथा र्यालीको आयोजना गरिएको थियो । उक्त झांकी तथा र्यालीमा झांकीतर्फ नेपाल मगर संघ रामबजार इकाइले प्रथम स्थान हासिल गरेको छ । भुरुदी स्यो बौद्ध अर्घौ तमु समाज द्वितीय, डढुवा दुर्छा लम्जुङ तमु समाज तृतिय र थारु समाज कास्कीले शान्तवना स्थान हासिल गरेका छन् ।
त्यस्तै, र्यालीतर्फ ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पोखरा १० प्रथम, सुनकोशी आमा समुह पोखरा १० द्वितीय, नेपाल तामाङ घेदुङ संघ कास्की तृतिय र नागवेली शिर्जनशील आमा समुहले सान्तवना भए । महोत्सवको पहिलो दिन लोकदोहोरी तर्फ गायक प्रजापति पराजुली, जीवन दहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरला पाण्डे, तुलसा जिसी, रमा राना, दिपक अधिकारीलगायतको प्रस्तुति रहेको थियो ।
लाइभ कन्सर्टतर्फ रहस्य र सैनिक साभियरको प्रस्तुती रहेको थियो । महोत्सवको दोस्रो दिन बिहीबार लोकदोहोरीतर्फ गायक पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरी ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल, प्रदिप त्रिपाठी, दुर्गा क्षेत्री, तुलसा जि.सी. नवराज अधिकारीलगायतको प्रस्तुती रहनेछ भने, हाँस्यब्यङ्ग्य तर्फ कमेडियन जादुगर दीपक थापा मगरको प्रस्तुती रहने छ । लाईभ कन्सर्टतर्फ द स्क्रयाच जर्नीको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
एघारौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेट्टर होम एपलाएन्सेस रहेको छ भने, प्रायोजकहरुमा रारा तयारी चाउचाउ, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, वण्डर स्वीच एण्ड एससोरिज, युएनआइ एक्सपर्ट एलईडी लाइटिङ, युनाईटेड युथ सर्कल युएसए, सिजी हार्डवेयर एण्ड सप्लायर्स, स्काईलिंक टेक्नोलोजी, फिस्टेल ड्रिमपार्क रहेको छ ।
त्यस्तै, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा.लि. आफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स रहेको छ भने, प्रवद्र्धकमा नेपाल टुरिजम वोर्ड र विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मावि रहेको छ । सहयोगी संस्थामा युथ कम्युनिटी क्लव रहेको छ ।
Comments are closed.