एन प्याब्सन कास्कीले गर्यो स्थापना दिवसमा सहयोग

कास्की । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन (एन प्याब्सन) कास्कीले आफ्नो २५औँ स्थापना दिवसका अवसरमा रु एक लाख ११ हजार एक सय ११ सहयोग गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उक्त सहयोग एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले मानव सेवा आश्रम भवन निर्माण समितिका संयोजक विष्णु बराल र अभियन्ता सम्झना वर्तौलालाई हस्तान्तरण गरेका हुन् ।

संस्थाले मिर्गौला पीडित सागर मेमोरियल स्कूलका छात्र आयुष गुरुङलाई उपचार खर्च स्वरुप ९० हजार पाँच रुपैया सहयोग गरेको छ।

उक्त अवसरमा संस्थामा आवद्ध विद्यालय २०७८ सालको एसइइमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट छात्र छात्रालाई सम्मान तथा नयाँ विद्यालयलाई संस्थामा आवद्ध प्रमाणपत्र वितरण गरिएको थियो ।

You might also like

Comments are closed.