थारू समुदायको माघी महोत्सव टुँडीखेलमा

काठमाडौं । थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ। थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो ।

पुस ३० गते बिहान कोटेश्वरबाट मोटरसाइकल र्‍याली गरेर भृकुटीमण्डपमा समापन गर्ने कार्यक्रम छ। माघ १ गते बिहान १० बजे थारू सांस्कृतिक, वेशभूषा, बाजागाजा, सङ्घसंस्थाको तुल ब्यानरसहित वसन्तपुरमा जम्मा भई झाँकी र्‍यालीले रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम गरिएको छ ।

महोत्सवमा थारू सांस्कृतिक झाँकी,र्‍याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल ¥याली र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ ।

महोत्सवमा एक सय विविध कक्ष राखिएकोमा ८० वटा मात्रै ‘बुकिङ’ भएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए।

यसपटक थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदैछ। ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँडको झोल, दारू, केराको तरुवा, सक्खरखण्ड, खरिया सुँगुर÷बङ्गुरको मासु र परेवाको मासु परिकारका रूपमा रहने छन् ।

You might also like

Comments are closed.