काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विदेश घुम्न जाने नेपालीले १३ अर्ब २७ करोड रुपैयाँ खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको तथ्यांक अनुसार नेपालीले समग्रमा भ्रमण र शिक्षातर्फ गरी पाँच महिनामा ४२ अर्ब ८ करोड रुपैयाँ नेपालबाट बाहिरिएको छ ।
विदेशीले नेपालमा गर्ने खर्च पनि १ सय ३३ प्रतिशतले बढेको छ। पाँच महिनामा विदेशीले नेपाल भ्रमण गर्दा २३ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेका छन् ।
त्यस्तै, पाँच महिनामा विदेश पढ्न जाने नेपालीले झण्डै २९ अर्ब रुपैयाँ खर्च गरेका छन् । यो अघिल्लो वर्षको पाँच महिनाको तुलनामा दोब्बर भन्दा धेरै हो । अघिल्लो वर्षको पाँच महिनामा वैदेशिक शिक्षाको लागि १३ अर्ब ५३ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो ।
Comments are closed.