गण्डकी प्रदेशको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित

कास्की । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गरिन । काग्रेसका १ सांसद् उपस्थित थिएनन्। मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट हालेका हुन् ।

गएको प्रतिनिधि तथा प्रदेश सभा चुनावमा धिताल गोरखा १ (१) बाट निर्वाचित भएका थिए ।

You might also like

Comments are closed.