काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अस्पताल भर्ना भएका छन् ।
माघी पर्वका लागि गृहजिल्ला रोल्पा गएका पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरमा रहेको सुमेरु अस्पतालमा भर्ना भएका हुन् ।
रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिना साथ हेलिकप्टरबाट अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ। उपमहासचिव पुन केही दिन पहिले मात्रै रोल्पा पुगेका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समय पहिले चीनको एक अस्पतालमा स्वास्थ्य उपचार गराएका थिए । जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौं ल्याइएको हो ।
Comments are closed.