कैलाली । सुदूरपश्चिम प्रदेश आज पनि सभामुख चयन गर्न असफल भएको छ। सभामुख चयनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले तटस्थ बस्ने निर्णय गरेपछि सभामुख नचुनिने निश्चित बनेको हो ।
प्रदेशसभाको बैठकको विशेष समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सचेतक लक्षमण किशोर चौधरिले सभामुख चयनमा आफ्नो पार्टी तटस्थ बस्ने उद्घोष गरेका छन् ।
उनले शत्तारूढ दलको सहमति अनुसार सुदूरपश्चिममा मुख्यमन्त्री चयनका लागि मात्रै समर्थन गर्ने निर्णय भएकोमा शपथका क्रममा बिना जानकारी दुई मन्त्रीलाई पनि शपथमा ल्याइएको भन्दै त्यसको विरोध स्वरूप आजको सभामुख चयनमा तठस्त बस्ने निर्णय गरिएको बताए ।
त्यसैगरि टिकापुर घटनामा आरोपित ठहर गरेर जेल चलान गरिएका रेशम चौधरीलगायत नेता कार्यकर्ता छुटाउनसमेत पहल नगरिएको भन्दै उनले सो विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेश सभामुखका लागि नेपाली कांग्रेसबाट मानबहादुर रावल र नेकपा माओबादी केन्द्रबाट भीम भण्डारी उम्मेखवार रहेका छन् ।
Comments are closed.