काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । पोखरामा आज बिहान विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्री प्रचण्डले दिउँसो साढे १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरहेका हुन् ।
विमान दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गरेका छन् । साथै उनले प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, मातहतका सुरक्षानिकाय तथा सम्पूर्ण निकायलाई निर्देशन समेत दिएका छन् ।
काठमाडौंबाट पोखराका लागि उडेको ६८ यात्रु र ४ जना चालक दलका सदस्य रहेको विमानमा बिहान पोखरामा दुर्घटना भएको छ । अहिले पनि उद्धार कार्य जारी छ । दुर्घटना स्थलबाट हालसम्म ३२ जनाको शव निकालिएको छ भने, अन्यको उद्धारकार्य जारी छ ।
विमानमा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए । जहाज पूरै जलेको छ। दुर्घटना स्थ्लमा अहिले पनि उद्दारको काम चलिरहेको छ ।
Comments are closed.