पोखरा विमान दुर्घटना : ६२ शव निकालियो, खोज तथा उद्धार कार्य जारी

पोखरा । पोखरामा विमान दुर्घटनास्थलबाट अहिलेसम्म ६२ वटा शव निकालिएको छ। सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिएको छ । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन्

६८ जना यात्री र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार यती एयरको विमान पोखराको सेती नदीको खोचमा आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो।

You might also like

Comments are closed.