पोखरा । आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुने संख्या ६८ पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हालसम्म ६८ जनाको शव फेला परेको छ।
विमानमा चार जना चालकदलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ रहेका थिए। पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको हो।
त्यस्तै, यती एयरको विमान दुर्घटनामा परेका मृतकको शव भोलि मात्रै परिवारलाई बुझाइने भएको छ । त्यसका लागि आज संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।
पहिचान भएका शव भोलि आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । पहिचान नभएका शवको डीएनए परीक्षण गरिने शाहीले बताए। त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने भएको छ।
Comments are closed.