काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए ।
भेटका क्रममा चिनियाँ राजदूतले नयाँ वर्ष २०२३ को शुभकामना सन्देश हस्तान्तरण गरेका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले चिनियाँ सहयोग, सदभाव र भातृत्वको लागि आभार प्रकट गर्दै आफ्नातर्फबाट राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
Comments are closed.