वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिमा युवा व्यवसायी पौडेलको उम्मेदवारी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी वैकुण्ठप्रसाद पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । यही माघ ६ गते बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संघको निर्वाचन हुँदैछ ।

राजेन्द्र भण्डारी प्यानलबाट उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । न्यु अल्फा एच आर सर्भिसेस प्रालिका संचालक पौडेल बिगत १० वर्षदेखि यो व्यवसायमा सक्रिय छन् । व्यावसायिक हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धतासहित पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सम्पूर्ण व्यवसायीको लोकप्रिय मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको पौडेल बताउँछन् ।

निर्वाचनका लागि ४ वटा प्यानलले उम्मेदवारी घोषणा गरेका छन् । भण्डारीको प्यानलमा एमाले निकट व्यवसायीहरु आबद्ध छन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको उक्त प्यानलबाट अध्यक्षमा राजेन्द्र भण्डारी, प्रथम उपाध्यक्षमा डिकबहदुर खत्री (कुमार) द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, महासचिवमा मीलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी, कोषाध्यक्षमा सरिता घलेले उम्मेदवारी घोषणा गरेका छन् ।

उक्त प्यानलबाट सदस्यमा वैकुण्ठप्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डि.एम.सुब्बा), शिवहरि मैनाली, (शीतल), आनन्दप्रसाद कोइराला, खेमनाथ गौतम, मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बास्तोला, श्यामचन्द्र खतिवडा, उमेश महतो छन् ।

You might also like

Comments are closed.