‘आइएमई पे’ को क्यासब्याक अफर पुनः सुचारु

काठमाडौं । आइएमई पेले मोबाईल रिचार्जमा पाँच प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ। यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहक वर्गको उच्च मागमा पुस ३० गतेबाट पुनः सुरु गरिएको छ ।

यस अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा पाँच प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा दुई प्रतिशत क्यासब्याक पाउने छन्।

हालसम्म ४० लाख भन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आईरहेको आइएमई पे ले सो अफर आफ्नो सम्पूर्ण ग्राहकवर्गलाई समर्पित गरेको छ।

कम्पनीले यस अफरको नियम तथा शर्तस्वरुप हरेक प्रयोगकर्ताहरुले एक महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम एक सय रुपैयाँसम्म क्यासब्याक र अरु मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम एक सय रुपैंयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ ।

You might also like

Comments are closed.