टिभिएस रेडरले उत्कृष्ट कम्प्युटर तथा टिभिएस अपाचे आरटिआर उत्कृष्ट फिचर अवार्ड प्राप्त

काठमाडाैं। यो वर्ष टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्प्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभीले उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको छ । रेडरमा भएका सुधारहरूका आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको टेकलेखले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार रेडरको किफायती मूल्य, स्टाइल, र अपडेटेड फिचरहरूका कारण बाइकले अवार्ड पाएको हो । टिभिएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, युएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायतका विशेषता उपलब्ध रहेको जनाइएको छ । साथै, यसमा रहेका आकर्षक नयाँ एलइडी हेडलाइट, एंगुलर एलइडी डिआरएलहरू तथा फेन्डर अप फ्रन्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ ।गत वर्ष पनि रेडरले टेकलेखका साथमा आइएमओटिवाई—२०२२ र अटो कार अवार्डहरू पाएको कम्पनीले जनाएको छ ।

एयर आयल कुल्ड एसआई कार्बेरेटर इन्जिन रहेको यस बाइकले सात हजार पाँच सय आरपिएममा १२.९ पिएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपिएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने जनाइएको छ । त्यस्तै, निरन्तर सुधार गरेका फिचरहरूको गुणस्तरले गर्दा अपाचेले अवार्ड प्राप्त गर्न सफल भएको जनाइएको छ । रिडिजाइन्ड डिएलआर, राइडिङ मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ डिएनएजस्ता फिचरहरूले गर्दा नै यस बाइकले टेकलेखको उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको कम्पनीको दाबी छ ।

नेपालमा टिभिएसका दुईपांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले देशभरमा एक सय ४० भन्दा बढी डिलरहरूमार्फत गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चात्को सेवा र देशभर जगेडा पार्ट—पूर्जाहरूको उपलब्ध गराइरहेको जनाएको छ ।

You might also like

Comments are closed.