काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण अवस्था रहेको भन्दै निगमले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
विज्ञप्तिमा ईण्डियन आयल कर्पोरेशनबाट माघ २ मा प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा घटेर आएको छ।
निगमले ईण्डियन आयल कर्पोरेशनलाई हालसम्म भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिव रु १७ अर्ब ३० करोड तिर्न बाँकी रहेको जनाएको छ ।
Comments are closed.