काठमाडौं । चिकित्सकहरूले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।
कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिसकेको हुँदा उनको अबको उपचार प्रत्यारोपण नै रहेको सुमेरु सिटी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राध्यापक डा.युवराज शर्माले जानकारी दिए ।
नेता पुन हाल ललितपुरको सुमेरु अस्पतालमा उपचाररत छन् । विगत १२ वर्षदेखि पुनको उपचार गर्दै आइरहेका डा. शर्माले बताए ।
नेपालमा कलेजो प्रत्यारोपण त्यति सहज छैन् । डा. शर्माले भारत वा चीनमा कहाँ प्रत्यारोपण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए। पुनले यसअघि थाइल्यान्ड र चीनमा उपचार गराउँदै आएका थिए ।
Comments are closed.