तनहुँ । तनहुँमा चालू आर्थिक वर्षको ६ महिनामा विकास बजेट खर्च न्यून देखिएको छ। चालू आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ ६ दशमलव ३७ प्रतिशत मात्रै बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।
पूँजीगततर्फ संघीय सरकारमार्फत रु तीन अर्ब १५ करोड १२ लाख ३८ हजार तीन सय ९० विनियोजन भएकामा यस अवधिमा रु २० करोड नौ लाख १९ हजार चार सय ६३ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए।
त्यस्तै चालूतर्फ ३८ दशमलव ७६ प्रतिशत बजेट खर्च भएको छ। चालूतर्फ रु आठ अर्ब ३८ करोड ७४ लाख १४ हजार सात सय ३८ विनियोजन भएकामा रु चार अर्ब २७ करोड २४ लाख ६० हजार ९९ खर्च भएको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये पूँजीगततर्फ १० दशमलव ५४ प्रतिशत बजेट खर्च भएको छ। छ महिनाको अवधिमा संघ सरकारभन्दा प्रदेश सरकार मातहतका कार्यालयले विकास बजेट बढी खर्च गरेका छन्।
Comments are closed.