काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि पुनः १० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ। भोलि १४ दिने अवधिको रिपो जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
रिपो खरिदका लागि भोलि अपराह्न २ बजेसम्म बोलकवोल पेस गर्न सकिने रिपो खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार रिपोको परिपक्व हुने अवधि भने यही माघ १९ गते तोकिएको छ।
Comments are closed.